भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको हृदयघातबाट निधन

4.1k
Shares

नयाँ दिल्ली, २२ साउन ।  भारतीय पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन भएको छ । मंगलबार  बेलुका ९ बजे दिल्लीस्थित अलइन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारका क्रममा निधन भएको हो ।

चिकित्सकहरुले उनलाई सीभीअर हर्टएट्याक (कडा हृदयघात) भएको बताएका छन् । ६७ बर्षीया स्वराज भारतीय जनता पार्टीका तर्फबाट नरेन्द्र मोदीले नेतृत्व गरेको अघिल्लो कार्यकालको सरकारको पालामा विदेश मन्त्री थिइन ।

उनको सन् २०१६ मा सोही अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *