औषधि व्यवस्था विभागको महानिर्देशकको पदस्थापन विवाद : नारायण ढकालको पक्षमा अन्तरिम आदेश

काठमाडौँ, २१ साउन । औषधि व्यवस्था विभागको महानिर्देशक परिवर्तन गर्ने सरकारको निर्णय सर्बोच्च अदालतबाट तत्कालका लागि उल्टिएको छ ।

समायोजन पछिको पदस्थापनमा विभागका तत्कालिन महानिर्देशक नारायण प्रसाद ढकाल (एघारौँ तह)लाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख बनाइएको थियो । उनको ठाँउमा पान बहादुर क्षेत्री (दशौँ तह)लाई ल्याएर निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

स्वास्थ्य मन्त्रालयले १५ असारमा गरेको यो निर्णयले आफूलाई अन्याय गरेको भन्दै ढकालले निर्णय कार्यान्वयन नगर्न माग गर्दै २५ असारमा सर्बोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोही रिटको सुनुवाई गर्दै आज न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशले ढकालको पक्षमा हुने गरी अन्तरिम आदेश दिएको हो ।

‘समायोजन पछिको पदस्थापनमा जसरी म भन्दा कनिष्ठलाई ल्याएर मेरो हाकिम बनाउने काम भयो । त्यसले मलाई अन्याय भएको महसुस गरी अदालतमा गएको हुँ । आज तत्कालका लागि न्याय पाएको छु । मैले माग गरेबमोजिम सर्बोच्चले १५ असारको निर्णय कार्यान्वयन नगर्न स्वास्थय मन्त्रालयलाई निर्देशन दिएको छ,’ ढकालले भने ।

उनले सर्र्बोच्चबाट पत्र आएपछि पुन पुर्ववत रुपमा महानिर्देशकको जिम्मेवारी सम्हाल्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *