स्वयंसेवी चिकित्सक र नर्स सवार बस दुर्घटना, १४ को मृत्यु २१ घाइते

लापाज, २१ साउन । दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा आइतबार मध्यरातमा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । मृत्यु हुने स्वयंसेवी चिकित्सक तथा नर्सहरु रहेको बताइएको छ ।

प्रहरीका अनुसार अपोलो क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गर्न स्वयंसेवी चिकित्सक र नर्सको टोली लिएर गएको बस दुर्घटनामा परेको हो । उक्त बस लापाजबाट अपोलो शहरतर्फ गइरहेको थियो ।

स्थानीयका अनुसार बस सडकबाट करिब २०० मिटर गहिरो खोंचमा झरेको थियो ।

बोलिभियाको राजधानी लापाजबाट उत्तरतर्फ करिब २५१ किलोमिटर टाढाको चाराजानी नगरको छेउमा उक्त बस दुर्घटनाग्रस्त भएको हो । यो बोलिभियाको दोस्रो ठूलो शहर हो ।

स्थानीय सञ्चार माध्यमका अनुसार मृत्यु भएकामध्ये ११ जना महिना र तीन जना पुरुष रहेका छन् ।

प्रहरीले बस दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *