कुन कुन औषधि आयात गर्ने ? विभागमा पर्‍यो २५ वटा सुझाव

काठमाडौँ, २१ साउन ।  उपचारका लागि नभई नहुने (लाईफ सेभिङ)कुन कुन औषधि बाहिरबाट ल्याउनुपर्ने हो भन्दै सार्वजनिक सूचना जारी गरेको औषधि व्यवस्था विभागलाई २५ वटा सुझाव परेको छ ।   सुझाव दिनेमा कतिपय चिकित्सक र कतिपय स्वास्थ्य संस्था रहेको विभागले बताएको छ ।

उपचारमा आवश्यक पर्ने कतिपय जीवन रक्षक औषधि बजारमा उपलव्ध नभएको भन्ने गुनासा बढ्दै गएपछि विभागले गत ३ साउनमा चिकित्सक तथा स्वास्थ्य संस्थाहरुसंग सुझाव मागेको थियो ।

उसले त्यसबेला कुन कुन औषधि अत्यावश्यक हो ७ दिन भित्र लिखित वा इमेलमार्फत जानकारी गराउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।

‘हामीले मागे अनुसार २६ वटा सुझाव प्राप्त भएका छन् । त्यसमा मुटु क्यान्सर, मिर्गौला लगायतका नसर्ने रोगका बढी औषधिहरु छन् । त्यसको अझै राम्ररी अध्ययन गर्न बाँकी नै छ । यो सुझावलाई औषधि मुल्यांकन समिति र त्यसपछि औषधि सल्लाहकार समितिमा लगेर छलफल हुनसक्छ । त्यसपछि मात्रै कुन कुन औषधि ल्याउने भन्ने निर्णय हुन्छ,’ विभागका महानिर्देशक पानबहादुर क्षेत्रीले भने ।

यसअघि चिकित्सकहरुले जटिल उपचारका बेला चाहिने धेरैवटा लाइफसेभिङ औषधिहरु विभागका कारण रोकिएको भन्ने गुनासो गरेका थिए । उनीहरुको गुनासो बढ्दै जाँदा विभागले समाधानका लागि लिखित सुझाव मागेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *