श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु


कोलम्बो, २० साउन । श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ ।

विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेङ्गु देखिएको छ । राजधानी कोलम्बो जिल्लामा सबैभन्दा बढी सात हजार २६० जनामा डेङ्गु देखिएको छ भने कोलम्बो नजिकैको गाम्पाहामा तीन हजार र कालुतारामा दुई हजारभन्दा बढीमा यो रोग पाइएको छ ।

इपिडिमियोलोजी एकाईले देशका पाँच जिल्लामा डेङ्गुको सबैभन्दा ठूलो जोखिम देखिएको जनाएको छ । राजधानी कोलम्बो समेत गाम्पाहा, ग्याल्ले, कालुतारा र रत्नापुरामा डेङ्गुको सर्वाधिक संक्रमण छ ।

स्वास्थ्यकर्मीहरुले स्थानीय मानिसहरुलाई उच्च ज्वरो आउने, बारम्बार वान्ता हुने, पेट दुख्ने, रिङ्गटा लाग्ने तथा पिसाब कम लाग्ने लक्षण देखिए तत्काल स्वास्थ्यकेन्द्रमा गई उपचार गर्न आग्रह गरेका छन् ।

उनीहरुले गर्भवतीहरुलाई डेङ्गुको सम्भावित लक्षण देखिनासाथ अस्पतालमा भर्ना भएर उपचार गर्न आग्रह गरेका छन् ।

श्रीलंकामा गत वर्ष ५० जनाभन्दा बढीको डेङ्गुकै कारण मृत्यु भएको थियो भने ४८ हजारभन्दा बढी प्रभावित भएका थिए । एक प्रकारको लामखुट्टेको टोकाईबाट सर्ने यस रोगबाट श्रीलंका हरेक वर्ष प्रभावित हुने गरेको छ ।   रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *