चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि दिएको दुई जनाको आवेदन रद्ध, नौ जनालाई बोलाइयो प्रस्तुतिकरण र अन्तरवार्तामा

काठमाडौँ, २० साउन । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि दोस्रो पटक दरखास्त हालेका ११ जना मध्ये २ जनाको आवेदन रद्ध भएको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले प्राडा प्रमोदकुमार सर्राफ र प्राडा जेएन पाण्डेय हिमालको आवेदन रद्ध गरेको हो ।

उनीहरुले सूचनामा उल्लिखित चिकित्सा शिक्षा आयोगसंग कुनै किसिमको स्वार्थको टकराव नभएको लगयातका स्वयं घोषणाहरु गरेको नदेखिएकोले आवेदन रद्ध गरिएको समितिले जनाएको छ ।

दुई जना हटेसंगै अब आयोगको उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने ९ जना रहेका छन् । उनीहरुमा प्राडा पारशकुमार पोखरेल, प्राडा निलमणि उपाध्याय, प्राडा तरुण पौडेल, प्राडा यहुनचन्द्र सिवाकोटी र प्राडा रमेशप्रसाद सिंह रहेका छन् । त्यसैगरी प्राडा राजेन्द्रप्रसाद साह, प्राडा सुरेन्द्र शेरचन, प्राडा शम्भुकुमार पहारी र प्राडा श्रीकृष्ण गिरी उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् ।

समितिले उनीहरुलाई आगामी २६ र २७ साउनमा प्रस्तुतिकरण सहित अन्तरवार्तामा उपस्थित हुन् भनेको छ ।

समितिले प्रस्तुतिकरण र अन्तरवार्तामा आउँदा आवेदन साथ सम्लग्न सबै कागजहरुका सक्कलै प्रति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष भएपछि आयोगको नेतृत् वगर्ने र नेतृत्वदायी भूमिका बहन गर्ने सम्वन्धी सोचपत्र तथा ४ बर्षे व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण सहित उपस्थित हुन भनेको छ ।

समितिले खुल्ला प्रतिस्पर्धाबाट उपाध्यक्ष छनौट गर्न गत १ देखि १५ साउनसम्म म्याद दिएर आवेदन मागेको थियो । त्यसअघि आवेदन हालेका ६ जनाको आवेदन रद्ध गर्दै आयोगले दोस्रोपटक आवेदन मागेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *