क्यान्सर निको भएका ५० बालबालिका एक साथ ‘र्‍याम्प’मा

काठमाडौँ, १८ साउन । क्यान्सर रोग लागेर निको भएका ५० बढी बालबालिकाहरु एक साथ र्‍याम्पमा उत्रिएका छन् । क्यान्सर रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले नेपाल क्यान्सर हस्पिटल तथा नेपाल क्यान्सर सहयोग समूहले आज आयोजित ‘सुदिप्त सुपर किड्स क्यान्सर सभाईभर र्‍याम्प वाक’ मा उनिहरु उत्रिएका हुन् ।

सानेपालस्थित हेरिटेज गार्डेनमा भएको उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति थियो । कार्यक्रममा क्यान्सर रोग लागि निको भएका २ बर्ष देखि १८ बर्ष सम्मका बालबालिकाहरु र्‍याम्प वाक गरेका थिए । बालबालिकाको साथमा उनीहरको उपचार गराईरहेका चिकित्सकहरु समेत र्‍याम्प वाकमा सहभागि थिए ।

यसैगरी बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, पूर्वप्रधान सेनापती रुकमागत कटुवाल, बालगायक आयूष केसी, क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठ, क्यान्सर सहयोग समूहका अध्यक्ष स्वरुपा श्रेष्ठ सहितको टोलीले समेत र्‍याम्प वाक गरेका थिए ।

कार्यक्रममा क्यान्सररोग विशेषज्ञद्धय डा अञ्जली पण्डीत, डा अमित श्रेष्ठले नृत्य, क्यान्सर सर्भाइभर सार्थक श्रेष्ठ, सविता मगर, इन्कु यल्मो लगायतले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपराष्टपति नन्दबहादुर पुनले समयमै उपचार गरे बालबालिकामा हुने क्यान्सर निको हुने भन्दै त्यसका लागि जनचेतना र उपचारमा पहुँच पुरयाउन तर्फ सबै पक्ष लाग्नुपर्ने बताए । उनले रोग लाग्न नदिनका लागि समय समयमा स्वास्थ्य जाँच गर्नुपर्नेमा जोड दिए । उनले रोग जित्नका लागि डाक्टरहरुको उपचार सहित विरामीको आत्मबल समेत महत्वपूर्ण हुने भन्दै उपचाररत बालबालिकाहरुलाई आत्मबल दह्रो बनाउन सुझाव दिए । सो अवसरमा उनले क्यान्सर सहयोग समूहलाई आफ्नो एक महिनाको तलव प्रदान गर्ने घोषणा गरे ।

कार्यक्रममा क्यान्सर अस्पतालका अध्यक्ष डा सुदीप श्रेष्ठले बालबालिकामा लाग्ने क्यान्सर निको हुनसक्छ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको बताए । उनले बालअधिकार र बाल सहभागितालाई प्राथमिकता दिएर र्‍याम्प वाकको आयोजना गरेको बताए ।
क्यान्सर सहयोग समूहका अध्यक्ष स्वरुपा श्रेष्ठले र्‍याम्प वाक आयोजना गर्नुको कारण खुलाएकी थिइन ।

कार्यक्रममा भारतीय रियालिटी सो सारेगमप लिटिल च्याम्समा तहल्का मच्चाएका नेपाली बाल गायक आयुष केसीको तीनवटा गीत प्रस्तुत गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *