प्रधानमन्त्री ओलीको उपचार सिंगापुरस्थित ‘नेशनल युनिभर्सिटी हस्पिटल’मा हुने

काठमाडौँ, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटल (एनयूएच)मा हुने तय भएको छ ।

पाँच बर्ष अघि फंङ्गल संक्रमणबाट ग्रस्त हुँदा ओलीको उपचार सोही अस्पताल भएको थियो । त्रिवि शिक्षण अस्पतालमा निको नभएपछि ६ साउन २०७१ मा पनि उनलाई सिंगापुर लगिएको थियो ।

प्रम ओलीका निजी चिकित्सक प्राडा अरुण सायमीले अहिलेको स्वास्थ्य परीक्षण तथा उपचारको तालिका करीब पाँच दिनको हुने जानकारी दिए । उनले भने ‘ हामीले उपचारसंगै आरामको लागि त्यसतर्फ पठाउन लागेका हौँ पाँच दिनमा उहाँको सम्पुर्ण उपचार सकिन्छ।’

प्रम ओली भोलि(शनिबार) बेलुकी ९ बजेर ४५ मिनेटमा सिल्क एयरको फ्लाइटबाट सिंगापुर जाने कार्यक्रम छ ।

उनको साथमा पत्नी राधिका शाक्य, क्याविनेट चिकित्सक प्राडा दिव्यासिंह शाह सहितको टोली जानेछ ।

केही दिन अघि स्वास्थ्यमा गडबडी हुँदा ओलीले छाउनीस्थित नेपाली सेनाको अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराएका थिए । सो क्रममा मिर्गौला र मधुमेह सम्बन्धी समस्या देखिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *