तपाईँ हाँस्दा कति क्यालोरी शक्ति खर्च हुन्छ ? हेर्नुहोस् अनुसन्धान रिपोर्ट

हाँस्नु स्वास्थ्यका लागि फाइदा जनक छ भन्ने कुरा त सुन्नु भएकै होला तर बैज्ञानिक आधार भने तपाईँलाई थाह नभएको हुनसक्छ । अमेरिकाकी जीव विज्ञानकी प्रोफेसर डाक्टर हेलेन पिचरले हाँसो र त्यसले मानव स्वास्थ्यमा पार्ने प्रभावको बारेमा एउटा गजबको अध्ययन गरेकी छन् ।

उनको अध्ययनले हास्नु एक व्यायम भएको प्रमाणित गरेको छ । प्रतिवेदन भन्छ, तपाईँँ खुलेर हाँस्दा त्यति क्यालोरी खर्च गर्नुहुन्छ जति क्यालोरी तपाईँ हल्का हिँडदा खर्च हुन्छ ।

कति क्यालोरी शक्ति खर्च हुन्छ ?

प्रोफेसर डाक्टर हेलेन पिचरको अध्ययनको नतिजाअनुसार भूईमा लडेर पेट मिचीमिची अनियन्त्रित तरिकाले हाँस्नाले १२० क्यालोरी प्रति घण्टा शक्ति प्रयोग हुन्छ । जुन मध्यम गतिमा हिँड्दा प्रयोग हुने क्यालोरी बराबर हो ।

खित्का छाडेर हाँस्दा प्रतिघण्टा १०० क्यालोरी बराबर शक्ति खर्च हुन्छ भने वाहिर नदेखाईकन भित्रै मुसुमुसु हाँस्दा करीब २० क्यालोरी प्रति घण्टा सम्म प्रयोग हुन्छ ।

एक राम्रो खुलेर हाासिएको हाँसोले तपाईँको पेटलाई नियन्त्रण गर्न मद्दत गर्छ जबकि तपाईँ घरमा टि.भी.मा कमेडी कार्यक्रम हेरीरहनु भएको छ भने अन्जानमा तपाईँको पेटको ब्यायाम भईरहेको हुनसक्छ ।

बैज्ञानिकहरुको अनुसार इन्टरनल अब्लिक भन्ने पेटको मांसपेसी सीक्स प्याक बनाउन जिम्मेवार हुन्छ र त्यसको ब्यायाम पेटको क्रन्चिङ भन्दा हाँसोबाट बढी हुने गर्छ ।

खुलेर हाँस्नाले रक्तसंचारलाई पनि प्रभावकारी बनाई मुटुका मांसपेसीको समेत व्यायाम गराउने गर्छ ।

डा. पिचर भन्छिन्, ‘तपाईँ कमेडी कार्यक्रम हेर्दाहेर्दै आफ्नो तौल घटाउन सक्नुहुन्छ । यदि त्यो कार्यक्रम हेर्दै केही खाईरहनु भएको छैन भने । म आफैपनि हाँस्य कार्यक्रम हेरेपछि बढी स्वस्थ र फिट भएको महसुस गर्छु ।’

एक हाँस्य कार्यक्रमका सञ्चालक टिमान्द्रा हार्कनेस भन्छन्, ‘हाँस्नु व्यायामको बिकल्प होईन तर जवसम्म तपार्इँ आफ्नो व्यायामलाई नियमीत बनाउन सक्नुहुन्न तबसम्म खुलेर हास्नुस यसले तपाईँको शरीर स्वस्थ राख्न मद्धत गर्छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *