सुत्केरी हुन नसकी हुम्लामा २० बर्षीया गर्भवतीको मृत्यु
हुम्ला १६ साउन । हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु हो ।
टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा मृत्यु भएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिए ।
मृतक टमटालाई बुधबार बिहानबाट एक्कासि सुत्केरी व्यथा लागेसँगै स्वास्थ्यचौकीमा पु¥याइए पनि बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुवैको मृत्यु भएको प्रमुख मगियाले जानकारी दिए । स्वास्थ्यचौकीमा प्रसूतिका साधनको कमीले आमा र बच्चा दुवैलाई बचाउन नसकिएको उनले जानकारी दिए ।
दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्यचौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुनुले अकालमै ज्यान गुमाउने गरेका छन् । जिल्लाका महिलाले सानै उमेरमा विवाह गरेर छिटो बच्चा पाउने हुँदा उनीहरुले ज्यान गुमाउनुपरेको छ । रासस
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सत्य तथ्य नै थाहा नपाई समाचार सम्प्रेषण गर्नु गलत हो .. कम्तिमा त्यहाँका सम्पुर्ण स्वास्थ्यका कर्मचारी स्वास्थ्य संयोजक हरु लाई त सोध्नु पर्थ्यो नि …
फेरि २० बर्षको महिला होइन १४ बर्सको केटि हुन … तेइ पनि ७ महिनाको गर्भवती हुन …
अन्तिम अबस्थामा मात्र बर्थिङ सेन्टरमा आउने अनि उपकरणको कमि र स्वास्थ्यकर्मीको लापरबाही हो भन्ने खालका समाचार प्रती घोर आपत्ती छ ।
सन्तोष धामी
स्वास्थ्य संयोजक
सर्केगाड गाउँपालिका हुम्ला