उपप्रधानमन्त्रीको छड्के : चार दर्जन कर्मचारी रहेको बैद्यखानामा भेटियो चार जना

काठमाडौँ, १५ साउन । चार दर्जन बढी कर्मचारी कार्यरत सिंहदरबार बैद्यखानाको आकस्मिक अनुगमनमा निस्किएका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले काम गरेको अवस्थामा चार जना मात्रै कर्मचारी भेटाएका छन् ।

ठूलो संख्यामा कर्मचारी अनुपस्थित भएको पाएपछि उपप्रधानमन्त्री यादव बैद्यखाना नेतृत्वसंग आक्रोशित भएका छन् ।
उनले सात दिन भित्र वैद्यखानाको प्रगति विवरण र आगामी कार्ययोजना पेश गर्न प्रवन्ध निर्देशक डा वंशदीप खरेललाई निर्देशन दिएका छन् ।

सरकारको एकमात्र आधिकारिक जडिबुटिजन्य औषधि उत्पादक संस्था बैद्यखानाको काम कारवाहीबारे जनगुनासो बढेपछि उपप्रधानमन्त्री यादवको टोली बुधबार दिउँसो आकस्मिक अनुगमनमा निस्किएको थियो ।

टोलीमा राज्यमन्त्री डा सुरेन्द्र यादव, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा बासुदेव उपाध्याय, उपप्रधानमन्त्रीका सल्लाहकार डा. केके राई सहभागी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *