स्वास्थ्यका सबै ‘सहसचिव’हरुको भयो पदस्थापन, को-कहाँ ?

सोमबार प्रदेश स्वास्थ्य तालिम केन्द्रमा खड्काले पदवहाली गरेपछिको सामुहिक तस्विर

काठमाडौँ, १३ साउन । मन्त्रिपरिषदले निर्णय गरेको ढेड महिनापछि समायोजन सम्वन्धी सूचना सार्वजनिक गरेको स्वास्थ्य मन्त्रालयले सबै सहसचिव (एघारौँ तह)हरुको पदस्थापन टुंग्याएको छ ।

मन्त्रिपरिषद बैठकले स्वास्थ्यका एघारौँ तहको समायोजन सम्वन्धी निर्णय २३ बैशाखमा गरेको थियो । स्वास्थ्य मन्त्रालयले भने १२ असारमा सूची सार्वजनिक गरेको थियो ।

त्यस लगत्तै संघमा परेका र पद रिक्त भएका स्थानमा कतिपय सहसचिवहरुले तत्कालै पदस्थापन गरेका थिए । कतिपयले भने अहिलेसम्म पदवहाली गर्न भ्याईसकेका छैनन् । यद्धपी पदस्थापनको चिठी भने संघ र प्रदेश पर्ने सबैले पाएका छन् ।

एक बर्षको पर्खाईपछि बद्री आए तालिम केन्द्रमा, रीता जोशी काठमाडौँ स्वास्थ्यमा

१ साउन २०७५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएर फाजिलमा परेका प्रमुख स्वास्थ्य शिक्षा प्रशासक बद्रीबहादुर खड्काले ठिक एक बर्षपछि अर्थात ३० असार २०७६ मा प्रदेश नं ३ को मुख्यमन्त्री कार्यालयमा हाजिर हुन पुगे ।

त्यसपछि प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक बस्यो र उनलाई प्रदेश नं को स्वास्थ्य तालिम केन्द्रमा जिम्मेवारी दिने निर्णय गरयो । सोही निर्णय पत्र बोकेर आएका उनले आजबाट तामिल केन्द्रमा पदवहाली गरेका छन् । प्रदेश स्वास्थ्य तालिम केन्द्र अहिले स्वास्थ्य कार्यालय काठमाडौँ भएकै भवनमा रहेको छ । 

यस्तै कर्णाली प्रदेशमा प्रदेश स्वास्थ्य निर्देशक बनेकी प्रमुख जनस्वास्थ्य प्रशासक  रीता जोशी स्वास्थ्य कार्यालय काठमाडौँकी प्रमुख बनेकी छन् । त्यहाँ यसअघि कृष्णबहादुर चन्द प्रमुख थिए ।

अरु कसको कहाँ पदस्थापन ?

प्रमुख स्वास्थ्य शिक्षा प्रशासक खड्का जस्तै लामो समय फाजिलमा रहेकी प्रमुख स्वास्थ्य शिक्षा प्रशासक राधिका थपलिया कर्णाली प्रदेशमा समायोजन परेकी थिइन । उनले कर्णाली प्रदेश स्वास्थ्य तालिम केन्द्रको निर्देशकको जिम्मेवारी पाएकी छन् ।

यस्तै अर्का प्रमुख स्वास्थ्य शिक्षा प्रशासक डा विनोदविन्दु शर्माको गण्डकी प्रदेशमा समायोजन भएको छ । उनलाई पनि प्रदेश स्वास्थ्य तामिल केन्द्रको जिम्मेवारी दिइएको छ । अर्का प्रमुख स्वास्थ्य शिक्षा प्रशासक महेश्वर श्रेष्ठलाई प्रदेश नं पाँच अन्तरगर्तको स्वाथ्स्य तामिल केन्द्रमा जिम्मेवारी दिइएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयमा को को ?
समायोजन पछि प्रदेश नं १ को स्वास्थ्य निर्देशनालय प्रमुख बनेका छन् प्रमुख जनस्वास्थ्य प्रशासक चन्द्रदेव मेहता, यस्तै प्रदेश नं २ मा हरिषचन्द्र साहले जिम्मेवारी पाएका छन् ।

प्रदेश नं ३ को निर्देशनालयको जिम्मेवारी रमेश अधिकारीलाई दिइएको छ । गण्डकी प्रदेशमा सो जिम्मेवारी खिमबहादुर खड्काले पाएका छन् ।

यस्तै प्रदेश नं ५ मा विनोद कुमार गिरी प्रदेश स्वास्थ्य निर्देशक बनेका छन् । कर्णाली प्रदेशमा अहिले सो पद रिक्त छ ।

प्रदेश नं ७ मा भने डा गुणराज अवस्थीले प्रदेश स्वास्थ्य निर्देशनालयको जिम्मेवारी सम्हाली रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *