घुस लिएको आरोपमा स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख सहित ४ जना पक्राउ

काठमाडौँ, १३ साउन । सेवाग्राहीसंग घुस लिएको आरोपमा स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख सहित चार जना पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले आइतबार स्वास्थ्य कार्यालय म्याग्दीका निमित्ति कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य, स्टोर किपर अधिकृत छैटौँ रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसीलाई १ लाख ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालयबाट नै पक्राउ गरेको हो ।

उनीहरुले कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रमबापतको पेश्की फछर्यौट गरिदिने बाहनामा सेवाग्राहीसंग घुस मागेका थिए । सोही सूचनाको आधारमा अख्तियारको पोखरा शाखाबाट खटिएको टोलीले चार जनालाई घुसलिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको हो ।

अहिले उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान चलाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *