हेपाटाइटिस जनस्वास्थ्यको प्राथमिकतामा कहिले पर्ला ?

काठमाडौँ, १२ साउन । आज जुलाई २८ अर्थात विश्व हेपाटाइटिस दिवस । संसारभर विभिन्न जनचेतनामुलक कार्यगरी यो दिदवस मनाईदैछ ।

संसारभर एक ठूलो र भयावह जनस्वास्थ्य समस्या भएपनि हेपाटाइटिस अन्य सरुवा रोग जस्तो प्राथमिकतामा भने नपरेको कलेजोरोग विशेषज्ञ डा दिलिप शर्मा बताउँछन् ।

उनी भन्छन्, हेपाटाइटिसबाट संसारभर करीब ३२ करोड मानिस संक्रमित छन् तर ३० करोड मानिस आफ्नो रोगको बारेमा अनभिज्ञ छन् । ती व्यक्तिहरुको पहुँचमा न त निदानको न त उपचारको सुविधा छ ।

उनका अनुसार नेपालमा करीब ६ लाख व्यक्ति हेपाटाइटिसको संक्रमणमा परेको अनुमान छ । र यो क्रम बढ्दो क्रममा छ ।

क्रोनिक हेपाटाइटिस र यसपछि देखिने लिभर सिरोसिस, लिभर क्यान्सरबाट बर्षेनी संसारभर १३ लाख ४० हजार मानिसले ज्यान गुमाउन गरेका छन् । हेपाटाइटिस ए बी सी ई र जी गरी विभिन्न प्रकारका हुन्छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *