डा. मरासिनी तोकिए चिकित्सक संघको चुनाव गराउने प्रमुख निर्वाचन अधिकृत

काठमाडौँ, ११ साउन । आउँदो माघ महिनामा गर्ने भनिएको नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचनको जिम्मा डा बाबुराम मरासिनीलाई दिइएको छ ।  आज बसेको एनएमए काउन्सिलको बैठकले डा मरासिनीलाई मुख्य निर्वाचन अधिकृत तोक्ने निर्णय गरेको हो ।

बैठकले माघको पहिलो साता निर्वाचन गर्ने मोटामोटी सहमति समेत गरेको छ । यद्धपी मिति सम्वन्धी अन्तिम निर्णय भने प्रमुख निर्वाचन आयूक्तले तोक्ने बताइएको छ ।

आजको बैठकले मुख्य निर्वाचन अधिकृत डा मरासिनीलाई तोक्ने निर्णय गरयो । अब उहाँले आफूलाई सहज हुने दुई जना अधिकृतहरु मनोनयनका लागि सिफारिस गर्नुहुनेछ र नेपाल चिकित्सक संघ कार्यकारिणीले स्वीकृत गर्नेछ । त्यसपछि यहि दिन चुनावहुनेछ भनेर मिति तोकिन्छ होला । एनएमएका केन्द्रीय सह कोषाध्यक्ष डा प्रकाश बुढाथोकीले बताए ।

आगामी फागुनको १५ देखि १७ सम्म पोखरामा एनएमए सम्मेलन (एनएमए कोन) हुँदैछ । यो तीन तीन बर्षमा हुने विशेष सम्मेलन हो । एनएमएले त्यसभन्दा अघि नै निर्वाचन सम्बन्धी सबै गतिविधि सम्पन्न गर्ने योजना बनाएको छ ।

पेशागत संगठन भएपनि चिकित्सकहरुको निर्वाचन राजनीतिबाट प्रभावित हुने गर्दछ । यसअघिका निर्वाचनमा नेपाली कांग्रेसप्रति आस्था राख्ने चिकित्सकले प्रजातान्त्रिक समूह र नेकपा निकट आस्था राक्ने डाक्टरहरुले समावेशी प्रगतिशील समूह भनेर उम्मेद्धारहरु खडा गर्दथे । र हरेक जसो निर्वाचनबाट कांग्रेस निकट चिकित्सकहरुको समूह हावी हुँदै आएको छ ।

मिति तोकिएपछि यी समूहले आगामी निर्वाचनका लागि उम्मेद्धार छनौट गर्ने कार्यलाई तिब्रता दिनेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *