मुख्य निर्वाचन आयूक्त तोक्न भेला बोलाउँदै एनएमए काउन्सिल

काठमाडौँ, १० साउन । डाक्टरहरुको छाता संस्था नेपाल चिकित्सक संघ (एनएमए)मा नयाँ नेतृत्व छनौटका लागि आगामी माघ महिनामा निर्वाचन गर्ने तयारी भएको छ । त्यसका लागि एनएमए काउन्सिलले शनिबार (भोलि) बैठक बोलाएको छ ।

बैठकले एनएमएको निर्वाचन गराउन प्रमुख निर्वाचन आयूक्त तोक्ने र निर्वाचन अधिकृतले निर्वाचनको मिति तोक्ने बताइएको छ ।
‘अब भने निर्वाचन सम्वन्धी गतिविधि शुरु हुन थाल्यो भन्दा पनि हुने भयो । सम्भवत भोलिको एनएमए काउन्सिल बैठकले प्रमुख निर्वाचन आयूक्त तोक्छ । त्यसपछि निर्वाचन आयूक्तले नै चुनावको मिति सार्वजनिक गर्नुहुनेछ,’ एनएमएका सह कोषाध्यक्ष डा प्रकाश बुढाथोकीले बताए ।

उनका अनुसार आगामी माघ महिनामा निर्वाचन सम्पन्न गर्ने एनएमए पदाधिकारीबीच मोटामोटी सहमति भएको छ ।
‘आगामी फागुनको १५ देखि १७ सम्म पोखरामा एनएमए सम्मेलन (एनएमए कोन) हुँदैछ । यो तीन तीन बर्षमा हुने विशेष सम्मेलन हो । त्यसभन्दा अघि नै निर्वाचन गर्नुपर्नेछ । त्यसैले चुनाव माघमै हुन्छ होला,’ डा बुढाथोकीले भने ।

आयूक्त घोषणा गर्ने अधिकार पाएको एनएमए काउन्सिलमा ६० जना सदस्य छन् । यसमा पनि निर्वाचनबाट केही सदस्य आउने प्रावधान भएपनि अहिलेसम्म सबै प्राय मनोनित भएर आएका सदस्य छन् ।

पेशागत संगठन भएपनि चिकित्सकहरुको चुनाव पुरै राजनीतिबाट प्रभावित हुने गर्दछ । यसअघिका निर्वाचनमा नेपाली कांग्रेसप्रति आस्था राख्ने चिकित्सकले प्रजातान्त्रिक समूह र नेकपा निकट आस्था राक्ने डाक्टरहरुले समावेशी प्रगतिशील समूह भनेर उम्मेद्धारहरु खडा गर्दथे । र निर्वाचनबाट सधैजसो कांग्रेस निकट चिकित्सकहरुको समूह हावी हुँदै आएको छ ।

मिति तोकिएपछि यी समूहले आगामी निर्वाचनका लागि उम्मेद्धार छनौट गर्ने कार्यलाई तिब्रता दिनेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *