चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि डा. निलमणि र डा. पारसको पुन: दरखास्त

काठमाडौँ, ९ असार । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि अहिलेसम्म २ जनाको मात्र दरखास्त परेको छ । दरखास्त हाल्नेहरु यसअघिको दरखास्त रद्ध भएका छ जना मध्येका हुन् ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार विहीबारसम्म डा निलमणि उपाध्याय र प्राडा पारसकुमार पोखरेलले दरखास्त हालेका छन् । उनीहरुले यसअघि पनि यो पदमा उम्मेद्धारी दिएका थिए । तर उपाध्यक्ष नाम सिफारिस गर्न गठित समितिले गत १ साउनमा सूचना जारी गर्दै उनीहरुको उम्मेद्धारी रद्ध गरेको थियो ।

रद्ध गर्नुपर्ने कारणमा समितिले कुनै पनि उम्मेद्धारहरु उपाध्यक्षका लागि तोकिएको सबै योग्यता पुरा गरेको पुष्टि हुने प्रमाण वा स्वयं घोषणाहरु सम्लग्न गरेको नदेखिएको उल्लेख गरेको थियो । दरखास्त हाल्ने सबैको रद्ध गरेपछि समितिले सोही दिन १५ दिनको अवधी दिएर पुन: दरखास्त आवहान गरेको थियो । सोही आवहान अनुसार उपाध्याय र पोखरेलले पुन दरखास्त दिएका हुन् ।

डा उपाध्याय नेपाल मेडिकल काउन्सिलका पूर्व रजिष्ट्रार हुन् । तर उनी मेडिकल शिक्षाको क्षेत्रमा पटक पटक विवादमा परेका व्यक्ति हुन् ।

अर्का उम्मेद्धार डा पोखरेल भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्कुल अफ धरानको स्कुल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिन, विभागमा कार्यरत छन् ।

चिकित्सा शिक्षा आयोगले आगामी १५ साउनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिले दरखास्त दिनसक्ने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *