समायोजनमा छुटेका डाक्टरहरुलाई पुल दरबन्दीमा व्यवस्थापन गरिने
काठमाडौँ, ८ साउन । समायोजन सूचीमा छुटेका मेडिकलहरुको यथाशिघ्र समायोजन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सूचीमा छुटेकाहरुको पुन सूची तयार गरी आवश्यकता अनुसार पुल दरबन्दीमा राखिने बताए ।
स्वास्थ्यले मंगलबार ६३१ जना मेडिकल अधिकृतको समायोजन सूची प्रकाशित गरेको थियो । त्यसमा कतिपयको नाम छुटेको भन्दै चिकित्सकहरुले गुनासो गरेका थिए ।
‘केही छुटफुट भएको भन्ने हामीले सुनेका छौँ । त्यसको छिटै सम्वोधन गरिनेछ,’ प्रवक्ता श्रेष्ठले भने ।
धेरै ढिलो शुरु भएको स्वास्थ्यको समायोजनले पछिल्लो समय भने तिब्रता लिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



