समायोजनमा छुटेका डाक्टरहरुलाई पुल दरबन्दीमा व्यवस्थापन गरिने

काठमाडौँ, ८ साउन ।  समायोजन सूचीमा छुटेका मेडिकलहरुको यथाशिघ्र समायोजन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सूचीमा छुटेकाहरुको पुन सूची तयार गरी आवश्यकता अनुसार पुल दरबन्दीमा राखिने बताए ।

स्वास्थ्यले मंगलबार ६३१ जना मेडिकल अधिकृतको समायोजन सूची प्रकाशित गरेको थियो । त्यसमा कतिपयको नाम छुटेको भन्दै चिकित्सकहरुले गुनासो गरेका थिए ।

‘केही छुटफुट भएको भन्ने हामीले सुनेका छौँ । त्यसको छिटै सम्वोधन गरिनेछ,’ प्रवक्ता श्रेष्ठले भने ।

धेरै ढिलो शुरु भएको स्वास्थ्यको समायोजनले पछिल्लो समय भने तिब्रता लिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *