महोत्तरीमा बालबालिकालाई लगाउन राखिएको खोप बाढीले डुबायो

काठमाडौँ, ७ साउन । गत असारको अन्तिम साता आएको बाढी खोप भण्डारमा पसेपछि बालबालिकालाई लगाउन मौज्दात राखिएको ठूलो परिमाणको खोप नष्ट भएको छ । बाढीले खोप संगै भण्डारणका लागि राखिएका ५ वटा रेफ्रिजरेटर, २ वटा जेनेरेटर र रेफ्रिजरेटरका लागि राखिएको दुईवटा भोल्टेज स्टेपलाइजर समेत ध्वस्त बनाएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार खोप राखेको कोल्डरुममा बाढी पसेपछि एघार रोग विरुद्ध बालबालिकालाई दिन ठिक पारिएका ९ हजार ७०८ भाइल खोप भिजेको छ । ती मध्ये ४१४ भाइल खोप हिलोमा डुबेको छ ।

जिल्लाले ११ साउनका लागि खोप लगाउने तालिका बनाएको थियो । केही खोप हिलोमा डुबेको र सबैजसो खोप पानीले भिजेपछि लगाउन मिल्ने कि नमिल्ने भन्दै जिल्ला कार्यालयले विभागसंग राय मागेको छ । जिल्लाले राय मागेसंगै विभाग, विश्व स्वास्थ्य संगठन, युनिसेफका प्रतिनिधिहरु प्राविधिक सहित महोत्तरी पुगेका छन् ।

भण्डारीका अनुसार जमिनभन्दा तीन फिट माथि राखिए पनि बाढी त्यो भन्दा थप तीन फिट माथिसम्म पुगेको थियो । यसले गर्दा सबै खोप पानीले भिजेको हो । ‘कुल ८ वटा रेप्रिजरेटर भएकोमा कर्मचारीहरुले बाढी छिर्दै गर्दा तीनवटा रेप्रिजरेटर माथिल्लो तलामा लैजान भ्याएका थिए । त्यसैले अहिले पाँचवटा विग्रिएको अवस्था छ,’ उनले भने ।

जिल्लामा अहिले थप एउटा रेफ्रिजरेटर पठाइएको र ११ गतेका लागि तय भएको खोपका लागि केन्द्र र हेटौडाबाट खोप समेत तयारी अवस्थामा राखिएको बताए । ‘खोप त रोकिदैन । कहाँबाट लैजाने भन्ने मात्रै हो,’  उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *