प्रशासन तर्फका सहसचिव शिवराम न्यौपाने आए स्वास्थ्यमा

काठमाडौँ, ६ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयमा रिक्त सहसचिव (प्रशासन तर्फ) पदमा शिबराम न्यौपानेलाई पठाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीमा प्रमुख रहेका न्यौपाने गत १९ असारको निर्णय अनुसार स्वास्थ्यमा सरुवा भएका हुन् ।

सहसचिव न्यौपानेले आजै स्वास्थ्य मन्त्रालय पुगेर हाजिर भएका छन् ।

स्वास्थ्यको प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव जनार्दन गुरागाईँ १७ असारमा उमेरहदका कारण अवकाश पाएपछि स्वास्थ्यमा सो ठाँउ खालि छ ।

यद्धपी न्यौपानेलाई भने अहिले जिम्मेवारी तोकिईनसकेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *