प्रशासन तर्फका सहसचिव शिवराम न्यौपाने आए स्वास्थ्यमा

2.7k
Shares

काठमाडौँ, ६ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयमा रिक्त सहसचिव (प्रशासन तर्फ) पदमा शिबराम न्यौपानेलाई पठाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीमा प्रमुख रहेका न्यौपाने गत १९ असारको निर्णय अनुसार स्वास्थ्यमा सरुवा भएका हुन् ।

सहसचिव न्यौपानेले आजै स्वास्थ्य मन्त्रालय पुगेर हाजिर भएका छन् ।

स्वास्थ्यको प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव जनार्दन गुरागाईँ १७ असारमा उमेरहदका कारण अवकाश पाएपछि स्वास्थ्यमा सो ठाँउ खालि छ ।

यद्धपी न्यौपानेलाई भने अहिले जिम्मेवारी तोकिईनसकेको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *