औषधि व्यवस्था विभागले डाक्टरसंग सोध्यो, ‘बाहिरबाट ल्याउनै पर्ने औषधि कुन कुन हुन् ?’

काठमाडौँ, ३ साउन । औषधि व्यवस्था विभाग (डीडीए)ले उपचारका लागि नभई नहुने कुन कुन औषधि आयात गर्नुपर्ने हो भन्दै चिकित्सकसंग सुझाव मागेको छ ।

उसले उपचारका लागि कुन कुन औषधि आवश्यक हो ७ दिन भित्र लिखित वा इमेलमार्फत जानकारी गराउनु भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

उपचारमा आवश्यक पर्ने कतिपय जीवन रक्षक औषधि बजारमा उपलव्ध नभएको भन्ने गुनासा बढ्दै गएपछि विभागले यस्तो सूचना जारी गरेको हो ।

विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले मुटु, क्यान्सर, कलेजो, मिर्गौला लगायत कतिपय रोगका औषधिहरु उपचारका लागि अत्यावश्यक भएको तर नेपालमा उपलव्ध नहुँदा समस्या परेको गुनासो बढदै गएपछि यस्तो निर्णय लिएको बताए ।

‘स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम नै विभागले पहिलो पटक यस्तो निर्णय गरेको हो ।  मानिस तथा पशुपक्षीका लागि चाहिने कतिपय जीवन रक्षक औषधि नै छैन भन्ने गुनासो बढ्यो । उपचारका लागि औषधि सहज रुपमा उपलव्ध गराउनु सरकारको दायित्व हो । त्यसैले के कस्ता औषधिहरु (जेनरिक)को आवश्यकता पर्ने हो भनेर हामीले सुझाव मागेका हौँ,’क्षेत्रीले भने ।

विभागले आज सार्वजनिक गरेको सूचना यस्तो छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *