डडेल्धुुरा अस्पतालको सेवा पुनः सञ्चालन

204
Shares


अमरगढी, ३१ असार । केही दिनदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प रहेको डडेल्धुरा अस्पताल आजदेखि पुनः सञ्चालनमा आएको छ  । काममा खटिएका चिकित्सकमाथि आक्रमण भएको विषयलाई लिएर अस्पतालका चिकित्सकले यही असार २५ गते बुधबारदेखि डडेल्धुरा अस्पतालको आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका थिए ।

बहिरङ्गलगायत सबै सेवा बन्द गरी सुरक्षाको माग गर्दै ११ जना चिकित्सकले मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई भेट गरेका थिए । मुख्यमन्त्री भट्ट र सामाजिक विकासमन्त्री सुवेदीबाट चिकित्सकको सुरक्षा र दोषीलाई कारवाही गरिने आश्वासन पाएपछि आन्दोलनमा रहेका चिकित्सक आजदेखि नियमित काममा फर्किएको डा जीवन खरेलले बताए ।

दोषीलाई कारवाही हुने र चिकित्सकमाथि आक्रमण गर्नेमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि चिकित्सक पुनः नियमित सेवामा फर्किएका अस्पतालका निमित्त प्रमुख डा जीतेन्द्र कँडेलले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *