औषधी र चिकित्सकको टोली स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा पठाउँदै 

काठमाडौँ, २९ असार । बिहीबार देखि लगातार भैरहेको भारी वर्षाका कारण प्रभावित भएका प्रदेश नं २ का  विभिन्न स्थानमा स्वास्थ्य मन्त्रालयले केही औषधी र चिकित्सकको टोली बाढी प्रभावित क्षेत्रमा पठाउने भएको छ।

संघीय स्वास्थ्य मन्त्रालयले तीन स्थानमा समन्वय केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। आइतबार मन्त्रालयमा बसेको स्वास्थ्य विषयगत क्षेत्रको बैठकले बाढी प्रभावित क्षेत्र पथलैया, बर्दिवास र लहानमा मेडिकल अधिकृतको नेतृत्वमा छुट्टाछुट्टै टोली खटाउने निर्णय गरेको हो।

सो टोलीमा मेडिकल अधिकृतसहित तीन जना रहने स्वास्थ्य आपत्तकालीन तथा विपद् ब्यवस्थापन इकाई  प्रमुख चुडामणि भण्डारीले बताए। पथलैया समन्वय केन्द्रले बारा, पर्सा र रौतहट, बर्दिवास समन्वय केन्द्रले सर्लाही, महोत्तरी र धनुषा तथा लहान समन्वय केन्द्रले सिरहा र सप्तरी बसेर त्यस क्षेत्रको अध्ययन सम्पूर्ण स्वास्थ्य अवस्था अध्ययन गरी केन्द्रमा रिपोर्टिङ गर्ने र केन्द्रले सोही अनुसारको योजना बनाउने इकाइ प्रमुख भण्डारीले बताए। उनले भने ‘ उपचार गर्नको लागि भन्दा पनि त्यहाँको स्वास्थ्य सेवा र केन्द्रबाट गर्नु पर्ने आवश्यक प्रवद्धको लागि अनुगमन गर्न चिकित्सकको टोली भोलीनै पठाउने निर्णय गरिएको हो।‘

यस्तै, उक्त समन्वय केन्द्रलाई प्रदेशको सामाजिक विकास मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालयबीच समन्वय गर्ने जिम्मेवारी समेत दिइएको छ। समन्वय केन्द्रका लागि स्वास्थ्य सेवा विभागले संयोजन गरी सोमबार नै त्यस क्षेत्रमा पठाइने भण्डारीले बताए।

आपतकालिन  विपत इकाइमा आएको पछिल्लो विवरण अनुसार बाढीका कारण रौतहटको जिल्ला जनस्वास्थ्य कार्यलय डुबानमा पर्दा त्यहाँको मेडिकल स्टोरमा रहेका केही औषधी डुबेर काम नलाग्ने भएका छन् भने रौतहटसहित सर्लाही र महोत्तरीका स्वास्थ्यहरु पनि जलमग्न भएका छन्।

यस्तै भोली जाने टोलीले केही अत्यावश्यक औषधी समेत लिएर जाने इकाइ प्रमुख भण्डारीले बताए। उनका अनुसार बाढी प्रभावित क्षेत्रको अवस्था अनुसार केन्द्रका ठूला अस्पताल वीर, धुलीखेलल र बानेश्वरको सिभिल  अस्पतालका चिकित्सकहरुलाई बाढी प्रभावित क्षेत्रमा उपचारको लागि जानु पर्ने अवस्था आए तयारी अवस्थामा रहन समेत जानाकारी दिएको भण्डारीले बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *