पाल्पास्थित लुम्बिनी मेडिकल कलेजबाट जन्मेको चार घण्टापछि शिशु हरायो

पाल्पा, २७ असार । प्रभासस्थित लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पतालबाट शुक्रबार दिउसो जन्मिएको शिशु हराएको छ । जन्मिएको ४ घण्टापछि शिशु अस्पतालबाटै गायब भएको परिवारको भनाइ छ ।

सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी तानसेन नगरपालिका –९, मदनपोखराकी जमुना रानाले शुक्रबार बिहान ११ बजे छोरा जन्माएकी थिइन । उनको स्याहारमा खटिएकी आफ्नी आमाले सुत्केरी छोरीका लागि मेडिकल कलेजकै क्यान्टिनबाट ज्वानोको झोल लिन भन्दै शिशुसहित बच्चालाई काखमा लिएर गएकी थिइन । उनीसँगै गएकी एक जना अपरिचित महिलाले सहयोग गर्ने बहानामा ज्वानोको झोल तपाईँ लैजानुस्, बच्चा म ल्याउछु भनेकी थिइन् ।

तर, आफू छोरीसम्म पुग्दासमेत ती शिशु बोक्ने महिला नआएपछि आमाले खोजी शुरु गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

घटना दिउसो ३ बजे तिर भएपनि प्रहरीले भने ५ बजेमात्र थाहा पाएको बताएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बच्चा हराएपछि सार्वजनिक भएको फुटेज । प्रहरीले बच्चा बोकेर हिडेकी यिनै महिलाले अपहरण गरेको आशंका गरेको छ 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *