बीपी प्रतिष्ठानका उपकुलपति प्राडा रौनियार आठ लाख घुस सहित पक्राउ

काठमाडौँ, २६ असार । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियार ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँबाट गएको टोलीले उनलाई प्रतिष्ठानस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिसनबापत सेवाग्राहीसंग घुस मागेको सूचनाका आधारमा टंगालबाट विशेष टोली धरान पुगेको थियो । टोलीले उपकुलपति रौनियारसंगै डा रामहरि रौनियारलाई समेत नियन्त्रणमा लिएको छ । रामहरि उपकुलपति रौनियारको भतिजा भएको बुझिएको छ ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले उपकुलपति प्राडा रौनियार र उनीसंगै रहेका डा रामहरिलाई घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *