डडेल्धुरा अस्पतालमा चिकित्सकमाथि पुन: आक्रमण, आकस्मिक बाहेकका सेवा ठप्प

डडेल्धुरा, २५ असार । डडेल्धुरामा अस्पतालमा डिउटीमा खटिएका चिकित्सकमाथि पुन आक्रमण भएको छ । आज मध्यान १२ बजे स्थानीय अमरगढी नगरपालिका ११ का वडाअध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भिडले शबको पोष्टमार्टम गरिरहेका आक्रमण गरेको हो ।

आक्रमण पछि चिकित्सकहरुले सुरक्षाका कारण देखाई आजैबाट आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । उनीहरुले दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका छन् ।

प्रहरीले आज विहान साढे ११ बजे अमरगढी नगरपालिका ११ सल्लाघारीका मृतक का रमेश खड्काको शब परीक्षणका लागि अस्पताल पु¥याएको थियो । चिकित्सकहरुले ११ : ३५ देखि नै शबको पोष्टमार्टम गरेका थिए ।

वडा अध्यक्ष खड्काको नेतृत्वमा आएको भिडले पोष्टमार्टम गररीरहेका डाक्टरलाई तथानाम गालि बेईज्जती सहित पहातपात र ढुंगा प्रहार गरेको अस्पतालका निमित्त मेसु डा जीवन खरेलले बताए ।

भीडले पोष्टमार्टम गर्दा गर्दैको लास जवरजस्ती खोसेर लगेको छ । हुलदंगापछि चिकित्सकहरुले असहज बाताबरणमा काम गर्न नसकिने भन्दै जिल्ला प्रशासन कार्यलायमा ज्ञापन पत्र बुझाएका छन् ।

सो अस्पतालमा यसअघि पनि डाक्टरमाथि यस्तै खालको आक्रमण भएको थियो । स्थानीय प्रशासनले सुरक्षा दिने प्रत्याभुति पछि चिकित्सकहरु नियमित काममा फर्केका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *