बिरामीको आग्रह पछि नेशनल बाथरोग सेन्टरको नि:शुल्क शिविर मिरिकमा

काठमाडौँ, २४ असार । नेपालका विभिन्न जिल्लामा पुगेर निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नेशनल बाथरोग सेन्टरले आफ्नो सो सेवालाई भारतमा समेत विस्तार गरेको छ ।

सेन्टरले यसैसाता भारतको पश्चिमबंगाल राज्यको दार्जिलिङ जिल्लामा पर्ने मिरिकमा पुगेर बाथरोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

स्थानीय तामाङ गुम्बा परिसरमा आयोजित दुई दिने शिविरमा २०५ जनाले बाथरोग परीक्षण गराएका थिए । परीक्षणका क्रममा ९० प्रतिशत भन्दा बढीलाई बाथरोग देखा परेको चिकित्सकलाई उदृत गर्दै सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिए । उनका अनुसार भेटिएका बाथरोगीमध्ये धेरै जसोमा हड्डी खिईने, युरिक एसिड र गठिया बाथ पाइएको थियो ।

शिविरका लागि सेन्टरबाट प्रवन्ध निर्देशक कक्षपति सहित बरिष्ठ बाथरोग विशेषज्ञ डा विनित बैद्य, डा जयन्ती, प्यारामेडिक्स सञ्जय गुरुङ, कर्मचारी पवित्रा कार्की मिरिक पुगेका थिए । यस्तै शिविरको संयोजन सेन्टरको झापा शाखाका निर्देशक तुलसी उप्रेतीले गरेका थिए ।

शिविरमा  सीआरपी र युरिक एसिड परीक्षण समेत सित्तैमा गरिएको थियो भने डा बैद्यले बाथरोगको बारेमा सचेतना कक्षा समेत सञ्चालन गरेका थिए ।

नेपाली भाषी बसोबास गर्ने क्षेत्र मिरिकबाट मात्रै बाथरोगको उपचारका लागि झापा तथा काठमाडौँ शाखामा मासिक ३० देखि ४० जना विरामीहरु आउने गरेको प्रबन्ध निर्देशक कक्षपतिले बताए ।

प्रवन्ध निर्देशक कक्षपतिले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगर्त मिरिक पुगेर शिविर सञ्चालन गरेको बताए । उनका अनुसार सेन्टरले नेपालमै विभिन्न जिल्ला पुगेर बार्षिक रुपमा ३० देखि ४० वटा यस्ता शिविर सञ्चालन गर्ने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *