चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा ६ जनाको दरखास्त

2.5k
Shares

काठमाडौँ, २३ असार । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि छ जनाको दरखास्त परेको छ ।

दरखास्त दिनेहरुमा डा श्रीकृष्ण गिरी, डा रमेशप्रसाद सिंह, डा निलमणि उपाध्याय, डा प्रमोद शर्मा, डा निलाम्बर झा र डा पारस पोखरेल छन् ।

खुल्ला प्रतिस्पर्धाबाट उपाध्यक्ष छनौट गर्न लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको संयोजकत्वमा सर्च कमिटि गठन भएको थियो । सो कमिटिले १५ दिनको समय सिमा राखेर दरखास्त मागेको थियो । सो दरखास्त दिने अन्तिम समय आज अपरारान्ह पाँच बजे सकिएको छ ।

चिकित्सा शिक्षा ऐन २०७५ मा उल्लेख भए अनुसार आयोग गठन गरिएको हो । चिकित्सा शिक्षाका लागि निकै शक्तिशाली मानिए पनि पछिल्लो समय भने यसको औचित्य माथि नै प्रश्न उठाउन थालिएको छ । कतिपय विज्ञहरुले आयोग नै खारेजी गर्नुपर्ने अभिव्यक्ति दिन थालेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *