मेडिकल बोर्डको सिफारिस लिने साढे पाँच गुणा थपिए

काठमाडौँ, २२ असार । मेडिकल बोर्डको सिफारिस ल्याएका २७ जनाको समायोजन गरे लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थप १४१ जनाको सिफारिस आएको छ । कडा रोग र शारीरिक रुपमा गम्भीर अवस्था भएको भन्दै धमाधम बोर्डबाट सिफारिस आउन थालेपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरु चकित परेका छन् ।

उनीहरुले यसरी थपिदै जाने बोर्डको सिफारिसले समायोजनमा थप ढिलाई हुने संकेत गरेका छन् ।

‘पहिले २७ जनाको मात्रै आएको थियो र त्यसलाई मिलाएर पुल फाजिलमा राखियो तर अहिले धेरै जनाको त्यस्तै सिफारिस आयो । यसले दरबन्दी र स्थान मिलाउने कार्यलाई नै प्रभावित पार्ने भयो । अहिलेसम्म मिलाएको दरबन्दी फेरी भत्काएर मिलाउनुपर्ने भयो । त्यसैले फेरी केही समय लिने जस्तो देखियो,’ मन्त्रालयका उपसचिव भानुभक्त न्यौपानेले बताए ।

बोर्डको सिफारिस पनि सोर्समा ?
कडा रोग लागेको वा गम्भीर शारीरिक असक्तता भएको व्यक्ति भनि मेडिकल बोर्डले सिफारिस गरेको खण्डमा पुल फाजिलमै भएपनि उसले चाहेको स्थानमा पदस्थापन हुन पाउँछ । त्यसैले अहिले धेरै जनाले बोर्डको सिफारिस ल्याएका हुन् । कतिपयले त सोर्सकै आधारमा यस्तो सिफारिस बनाएको समेत सुनिन थालेको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘बोर्डले जेनयुनलाई मात्रै दिएको होला,’ भन्ने प्रतिक्रिया दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *