फाजिलमा परेको साढे एघार महिना पछि डा. खरेलले सम्हाले जिम्मेवारी

काठमाडौँ, १९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फाजिलमा परेको साढे एघार महिना पछि  एघारौँ तहका डा. रमेश खरेल जिम्मेवारी सम्हालेका छन् । समायोजन पछि सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रको निर्देशकमा पदस्थापन भएका खरेलले आजबाट जिम्मेवारी सम्हालेका हुन् ।

आपूर्ति व्यवस्था महाशाखाको निर्देशक भएका बेला उनलाई गत वर्ष ३ साउनमा मन्त्रालय तानिएको थियो । त्यस यता कुनै जिम्मेवारी दिइएको थिएन ।

‘लामो समय पछि जिम्मेवारी पाएको छु । त्यसैले पनि निकै खुशी छु । अब संस्थाको उदेश्य अनुरुप काम अघि बढाउनेछु,’ पदवहाली पछि छोटो प्रतिक्रिया दिदै उनले भने ।

सार्क अन्तरगर्तका आठ वटा देश नेपाल, भारत, बंगलादेश, पाकिस्तान, अफगानस्तिान, श्रीलंका, मालदिब्स र भुटानको क्षयरोग र एड्स हेर्ने गरी यो संस्था सन १९९२ मा स्थापना भएको हो ।

डा खरेल उक्त संस्थामा निर्देशक बन्ने आठौँ व्यक्ति हुन् । यसअघिका निर्देशक डा राजेन्द्र पन्त उमेर हदका कारण गत १६ असारमा अवकाश पाएपछि उक्त पद रिक्त थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *