स्क्लेरोडर्मा अर्थात छाला कडा हुने बाथलाई कसरी चिन्ने ? उपचार कसरी गर्ने ?

डा. श्वेता नकर्मी, बाथरोग विशेषज्ञ – नेशनल बाथरोग सेन्टर रातोपुल

स्क्लेरोडर्मा (Scleroderma) भनेको छाला कडा हुने एक प्रकारको बाथ रोग हो ।  अर्थात,  छालाको बाथ । यसका दुई प्रकार छन् Localized र Diffuse। यो बाथले छाला संगै  शरीरका  भित्री अंङ्गहरु जस्तै फोक्सो, मुटु र खानाको नलीमा पनि असर पार्न सक्छ ।

 लक्षणहरु के के हुन् ?

  • छाला (औंला तथा हाथ, खुट्टाका) सुन्निने र बिस्तारै कडा हुँदै जाने ।
  • Raynaud’s Phenomenon: चिसोमा औंलाको रंङ्ग परिवर्तन भएर सेतो, निलो हुने  ।
  • जोर्नीहरु दुख्ने, सुन्निने, अरठ्ठो हुने  ।
  • छाला बाक्लोर कडा हुने कारणले मुठ्ठी पार्न गाह्रो हुने  ।
  • खाना निल्न गाह्रो हुदै जाने, अमिलो पानी आउने  ।
  • फोक्सोमा जाली पर्नाले दम बड्ने, सास फेर्न गाह्रो हुने  ।
  • छाती दुख्ने, मुटु ढुकढुक हुने  ।
  • मांशपेशी कमजोर हुँदै जाने  ।

पहिचान कसरी गर्ने ?

  •  लक्षणहरु हेरेर ।
  •  रगतका जाँभ जस्तै (ANA, ENA panel )
  • छालाको जाँच (biopsy)
  • नङ्गको र नसाको जाँच (NFC- Nail Fold Video Capillarascopy) 
  • छातीको जाँच (X-ray, CT scan)
  • मुटुको जाँच (Echo)

बिरामीका लागि सल्लाह : के गर्ने के नगर्ने ?

  • छालालाई नरम राख्न moisturizer/cream को प्रयोग गर्ने ।
  • जोर्नीको वरिपरि घाउ हुने सम्मभावना भएकाले घाउ हुन नदिने ।
  • चिसोबाट बच्ने ।
  • औंलाहरु र शरीरलाई न्यानो राख्ने ।
  • कडा किसिमको सरफ र साबुनको प्रयोग नगर्ने, glycerine भएको साबुनको प्रयोग गर्ने, घरको काम गर्दा पञ्जाको प्रयोग गर्ने ।
  • vaccum cleaner, mixed grinder जस्ता vibrate गर्ने सामानको कम प्रयोग गर्ने ।
  • औंलाका टुप्पामा घाउ आउँदा तुरुन्त उपचार गर्ने ।
  • नियमित व्यायम गर्ने ।

खानामा ध्यान दिनु पर्ने कुराहरु :

  • चुरोट नखाने
  • चिया, कफि, चिल्लो र मसलाहरु कम खाने
  • रक्सी कम खाने
  • खाना ठिक्क मात्रामा खाने (पेट भरी नखाने) र खाएको ३ घण्टा सम्म खाटमा नपल्टिने
  • वजनलाई ख्याल राख्ने (मोटोपन घटाउने)

उपचार :

यस बाथको उपचार लक्ष्ण र कुन अंगमा असर भएको छ सोही अनुसार उपचार फरक फरक हुन्छ । खानपिनमा ध्यान, स्वास्थ्य जीवन शैली, व्यायम सँगै केही औषधीको सेवन जरुरी हुन्छ । भित्रि अंङ्गहरु जस्तै फोक्सो, मुटु, मिगौलामा असर गरेको खण्डमा उपचार जटील हुन सक्छ, त्यसैले समयमै चिकित्सकको सल्लाह लिनुपर्छ ।

कसलाई बढी हुन्छ ?

  •  हरेक १ लाखमा ६ जनालाई हुन सक्छ
  • ३५ देखि ५० वर्षको उमेरमा सुरु हुन्छ
  • महिलामा बढि देखिन्छ (३ देखि ७ गुणा बढि)
  • सानो उमेरमा कम देखिन्छ

जटिलताहरु :

  • छाला कडा र साह्रो भएर औलाहरु सुक्दै जाने,
  • जोर्नी चलाउन गाह्रो हुने,
  • मुख सानो हुदै जाने (मुख खोल्न गाह्रो हुने),
  • औलाका टुप्पामा घाउ हुने र मरेर जाने,
  • फोक्सोमा जाली पर्ने
  • मुटुमा असर पार्ने(Pulmonary hypertension)
  • खानाको नलीमा असर पार्ने
  • मृगौलामा असर पार्ने(Scleroderma Rend Crisis)
  • छाला र फोक्सोको cancer को सम्भावना बढ्ने
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *