कपिलवस्तुमा भेटिए सिकलसेलका तीन बिरामी

208
Shares


जीतपुर, २२ वैशाख । पूर्वको नवलपरासीदेखि पश्चिम कैलालीसम्म तराईको थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमिया वाणगङ्गा नगरपलिकामा तीनजना बिरामी फेला परेका छन् ।

कपिलवस्तुको वाणगङ्गा नगरपलिकामा थारु समुदायको जनसङ्ख्या बढी छ । कुल जनसङ्ख्याको करीब ४५ प्रतिशत थारु समुदायको बसोवास रहेको नगरपालिकाको धनकौली, बोर्डगाउँ र चम्कीपुरमा एक/एकजना गरी तीनजना सिकलसेल एनिमियाबाट मृत्यु भएको नगरपलिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले बताए ।

सिकलसेल एनिमिया उनीहरुको कोषमार्फत आफ्ना सन्तानमा सार्न सक्छन् । एनिमिया जीवाणु रहेका पुरुष र महिलाबीच विवाह भएमा उनीहरुले जन्माउने सन्तान यस रोगबाट सङ्क्रमित हुने चिकित्सक बताउँछन् । वाणगङ्गा नगरपलिकाले गत आर्थिक वर्षमा सिकलसेल एनिमिया रोग नियन्त्रणका लागि रु तीन लाखको हाराहारीमा बजेट छुट्ट्याइएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *