अब हरेक माध्यमिक विद्यालयमा एक जना नर्स राख्नै पर्ने ? छलफलमा छ समिति

काठमाडौँ, २० बैशाख । कतिपय प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रम नमूनाको रुपमा शुरु गरिसकेका छन् । तर यो कार्यक्रम अब केन्द्र सरकारले नै अघि बढाउने संकेत गरेको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तरगर्तको शिक्षा तथा स्वास्थ्य समितिमा देशभरका माध्यमिक विद्यालयमा कम्तिमा एक जना नर्स राख्ने भन्ने विषयमा छलफल अगाडी बढाएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले संघीय संसदको प्रतिनिधि सभाका सदस्यहरुका लागि आयोजना गरेको पोषण पैरवी कार्यक्रममा समिति सदस्य समेत रहेका सांसद योगेश भट्टराईले पोषण पैरवी कार्यक्रम अब विद्यालयमार्फत अघि बढाउनुपर्ने बताए ।

विद्यालयमा हरेक घरका प्रतिनिधिहरु आइरहेका हुन्छन् । उनीहरुमार्फत पोषणको महत्व घर सम्म पुरयाउन सहज हुन्छ । बरु त्यसका लागि अहिले छलफलमा रहेको स्कुल नर्समार्फत अघि बढाउन सकिन्छ । उनले भने ।
उनले सरकारले विद्यालयका बालबालिकाहरुको स्वास्थ्यलाई ध्यान दिन हरेक माध्यमिक विद्यालयमा कम्तिमा एक जना नर्स राख्ने भन्ने व्यवस्थालाई अघि बढाउन समिति समक्ष आएको प्रस्तावमा छलफल भएको बताए ।

कार्यक्रममा अर्का सांसद हितबहादुर तामाङले अब स्वास्थ्य सम्वन्धी डायरी तयार गरी हरेक घरमा त्यो उपलव्ध गराउन पर्ने बताए । जुम्लाबाट प्रतिनिधित्व गरेका सांसद गजेन्द्र बहादुर महतले दुर्गम क्षेत्रमा जनचेतनाको अभावमा पोषणको समस्या बढेको बताए । उनले भने, ‘हाम्रो जुम्लामा स्याउ फल्छ, रायो साग प्रसस्त हुन्छ तर जहर हुन्छ भनेर खाँदैनन् । यो जनचेतनाको कमिको समस्या हो ।’

कार्यक्रममा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घतीले पोषणको बारेमा जनचेतना जगाउनुपर्नेै अहिलेको आवश्यकता रहेको बताइन ।

कार्यक्रममा विभाग अन्तरगर्तका परिवार कल्याण महाशाखाका निर्देशक डा आरपी विच्छा, पोषणशाखा प्रमुख केदार पराजुली लगायतले बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *