प्राडा दिव्या सिंह शाह इन्टरनेसनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्यमा निर्वाचित

नव निर्वाचित ‘काउन्सिल मेम्बर’हरुको साथमा डा शाह

काठमाडौँ, ९ बैशाख । बरिष्ठ मिर्गौलारोग विशेषज्ञ प्राडा दिव्या सिंह शाह इन्टरनेसनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्यमा निर्वाचित भएकी छन् । उनी दक्षिण एसियाली क्षेत्रबाट उपाध्यक्षमा निर्वाचित हुँदै काउन्सिलको केन्द्रीय समिति सदस्यमा पुगेकी हुन् ।

त्यसअघि उपाध्यक्षमा चुनिनका लागि काउन्सिलले दक्षिण एसियाली क्षेत्रबाट मिर्गौला रोगको क्षेत्रमा उत्कृष्ठ काम गरेका तीन जनाको सूची तयार पारेको थियो । सो सूचीमा बंगलादेश र पाकिस्तानका दुई सहित नेपालबाट प्राडा शाह परेकी थिइन ।

उनले यो प्रतिस्पर्धामा भाग लिन दुईवटा विषय अघि सारेकी थिइन्। पहिलो, मष्तिस्क मृत्युपश्चात् हुने प्रत्यारोपणलाई बढाउने र दोस्रो, दक्षिण एसियामा मिर्गौला रोगका विभिन्न आयामको डाटा संकलन गरी यसलाई कम गर्न नीति तयार गर्ने।

तीन जनाबीच अनलाइन भोटिङ गर्दा प्राडा शाह उपाध्यक्षमा निर्वाचित भएकी हुन् । अनलाइन भोटिङ गत मे महिनाभर भएको थियो । यद्धपी नतिजा भने गत साता अष्ट्रेलियाको मेलवर्नमा आयोजित सम्मेलनमा सार्वजनिक गरिएको थियो ।

उपाध्यक्षमा निर्वाचित भएकी प्राडा शाह अबको दुई बर्षपछि यस क्षेत्रको अध्यक्ष बन्नेछिन् । किनभने काउन्सिलमा उपाध्यक्ष बनेको दुई बर्ष पछि त्यस क्षेत्रको स्वत अध्यक्ष हुने प्रावधान छ ।

‘यो मेरो लागि मात्रै होइन देशको लागि र समग्र दक्षिण एसियाली क्षेत्रकै लागि खुशीको कुरा हो । किनभने मिर्गौला रोग नियन्त्रण गर्ने योजनामा अझ राम्रो बाताबरण बन्न सक्छ,’ प्राडा शाहले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *