नयाँ बर्षको अवसरमा बीपी स्मृति अस्पतालको निशुल्क स्वास्थ्य शिविर
काठमाडौँ, २ बैशाख । नयाँ बर्षको अवसर पारेर बसुन्धरास्थित वीपी स्मृति सामुदायिक अस्पतालले महिलाहरुको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । अस्पताल परिसरमै आयोजित उक्त शिविरमा ४२ जना महिलाले निशुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।
अस्पतालका निर्देशक डा धनबहादुर रानाले शिविरमा आएका ४२ मध्ये ३६ जना महिलाको पाठेघरको मुखको पानी जाँच (प्यापस्मेयर) गरिएको बताए । उनले ४२ जनाकै रगत, पिसाव र मधुमेह जाँच समेत निशुल्क गरेको बताए ।
जाँचका क्रममा अधिकांश महिलामा योनी र पाठेघरमा संक्रमण भएको पाइएको छ । दुई जनाको पाठेघर तथा पिसाव थैली खसेको डा रानाले बताए ।
निशुल्क सो शिविर भोलि पनि चल्ने बताइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



