२०७५ साललाई फर्केर हेर्दा : डा. गोविन्द केसीको अनसनमा ५१ औँ दिन
काठमाडौँ, १ बैशाख । चिकित्सा शिक्षा सुधारको कुरा गर्ने वित्तिकै नछुट्ने नाम हो प्राडा गोविन्द केसी । चिकित्सा शिक्षा सुधारका लागि भन्दै उनले विसं २०६९ असार २१ देखि चरणवद्ध अनशन शुरु गर्दै आएका छन् ।
गएको बर्ष अर्थात विसं २०७५ सालमा डा केसीले दुई पटक अनसन बसे । उनले १५ औँ अनसन १६ असारमा शुरु गरी १० साउनमा तोडेका थिए । यो उनको अनसनको सबैभन्दा लामो दिन थियो ।
त्यसपछि उनले २५ पुसमा १६ औँ अनसन बसे । २०७५ सालको यो उनको दोस्रो अनसन थियो । यो अनसन उनले २४ औँ दिनमा आफै तोडे ।
१४ औँ चरणको अनसन त्रिवि शिक्षण अस्पतालमा बसेका डा केसी १५ औँ अनसन बस्न जुम्ला पुगेका थिए । त्यहाँ १९ दिनसम्म अनशन बस्दा स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएपछि सरकारले उनलाई बल प्रयोग गरेर काठमाडौँ ल्याएको थियो ।
तर काठमाडौँ आएर उनले पुन अनशन जारी राखे । २७ औँ दिनमा सरकारसंग सम्झौँता भएपछि उनले अनसन तोेडेका थिए ।
१५ औँ अनसन तोडेको ५ महिना पछि २५ पुसबाट उनले पुन १६ औँ अनशन सुरु गरे । १६ औँ अनसन बस्न उनले इलामलाई रोजे । अनसन बसेको ९ दिनमै स्वास्थ्य अवस्था विग्रिएपछि उनका सहयोगीको आग्रहमा सरकारले रातारात काठमाडौँ ल्याएको थियो । तर काठमाडौँ आएपछि पनि उनले अनसन जारी राखे । तर सरकारले यसपटक भने डा केसीसंग कुनै सम्झौँता गरेन । उनी २४ औँ दिनमा नागरिक समाजको आग्रहमा १८ माघका दिन आफै अनसन तोडे ।
डा केसीका दुबैपटकका अनसन सरकारका लागि चुनौतीको थियो । तर पछिल्लो पटकको अनसनमा चिकित्सा शिक्षासंगै राजनीतिक माग समेत जोडिएपछि र चिकित्सा शिक्षा ऐन संसदबाट पास भएपछि उनको आन्दोलन तुलनात्मक रुपमा कमजोर बनेको थियो ।
विसं २०७५ सालमा दुबैपटक गरी ५१ औँ दिन अनसन बसेका डा केसीलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको दह्रो साथ रह्यो । सधैजस्तै विवेकशील साझा पार्टीले पनि उनको अनशनलाई सक्रिय समर्थन गरेको थियो ।
पूर्वप्रधान न्यायधीश सुशीला कार्की, केदारभक्त माथेमा लगायतका चर्चित व्यक्तित्व जोडिदा अनशनले फरक खालको चर्चा समेत पाएको थियो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com