सिरहामा एड्सबाट २४ को मृत्यु

288
Shares


लहान, २० चैत । एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको बताए ।

लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चारजना एचआइभी सङ्क्रमितले उपचारका लागि नाम दर्ता गराएकामा १६३ को उपचार भइरहेको स्वास्थ्य उनले जानकारी दिए ।

यस वर्षमात्रै २० नयाँ एचआइभी सङ्क्रमित फेला परेको बताउदै उनले सामाजिक हेला र भेदभावका कारण सङ्क्रमितले उपचार सेवा लिन छाडेको जानकारी दिए । वैदेशिक रोजगार, नशालु पदार्थ प्रयोगकर्ता, यौनकर्मी, समलिङ्गीबाट एचआइभी सर्ने गरेको कर्णको भनाइ थियो । एचआइभी एड्स सम्बन्धी उपचारको लागि लहान अस्पतालमा मात्रै व्यवस्था छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *