झापाका २२ बालबालिकामा अटिजम

844
Shares

सुरुङ्गा, १९ चैत । झापाका २२ बालबालिकामा अटिजमको समस्या देखिएको छ । अटिजम केयर नेपाल सोसाइटीको तथ्याङ्कअनुसार चार बालिकासहित २२ मा यो समस्या देखिएको हो ।

अटिजम केयर नेपालका अध्यक्ष कुमार चुडालका अनुसार अटिजम भएका बालबालिकाका अभिभावक भेला भएर २०७४ देखि यो संस्था सञ्चालनमा रहेको छ । अटिजमका बारे जानकारी दिँदै अध्यक्ष चुडालले भने, “कुनै पनि व्यक्तिको मस्तिष्कमा जन्मजात आएको समस्याका कारण उमेरको विकाससँगै अनौठो खालको व्यवहार, लगातार एउटै व्यवहार दोहो¥याउनेलगायतका कार्य गर्ने अवस्था नै अटिजम हो ।”

उनका अनुसार नेपालमा करीब तीन लाख मानिसमा अटिजमको समस्या रहेको अनुमान गरिएको छ । उनले भने, “अटिजम के कारणले हुन्छ अहिलेसम्म पत्तो लाग्न सकेको छैन, अटिज्मको समस्या देखिएका बालबालिकालाई औषधि सेवनबाट पनि निको पार्न नसकिने रहेछ ।”

“मेरी छोरी प्रकृतिलाई पनि यही समस्या छ, उनलाई अटिजमको समस्या भएको दुई वर्षपछि मात्रै थाहा पाए, यस्तो समस्या भएका बालबालिकाको स्वभाव फरक हुँदो रहेछ” आफ्नै १६ वर्षीया छोरीको उदाहरण दिँदै उनले भने, “हातमा केही वस्तु बोक्न नपाउँदा रुने, कराउने, चिच्याउने, झट्ट हेर्दा जो कोहीले मानसिक सन्तुलन गुमाएको भन्न पछि पर्दैनन्, तर प्रकृतिले न त मानसिक सन्तुलन गुमाइन न त उनको मस्तिष्कको विकास नै भयो ।”

आज अटिजम दिवसअर्थात् अप्रिल २ अटिजमका बारेमा समाजमा जनचेतना जगाउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् २००८ देखि जनचेतना दिवस मनाइँदै आएको छ । झापामा पनि आज यो दिवस मनाउने तयारी गरिएको अध्यक्ष चुडालले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *