हावाहुरी प्रभावित क्षेत्रमा एपोनले गर्यो औषधि र खाद्यन्न सहयोग

148
Shares

काठमाडौँ, १८ चैत । नेपाल औषधि उत्पादक संघ ‘एपोन’ले हावाहुरी प्रभावित बारा–पर्सामा रेडक्रस र मेडिकल एसोसिएसनसँगको सहकार्यमा औषधि उपलब्ध गराएको छ ।

वीरगञ्जमा भएका उद्योगबाट सोमबार बिहानबाट करीब ९ लाख बराबरको औषधि संकलन गरी उपलब्ध गराइएको एपोनका अध्यक्ष दीपकप्रसाद दाहालले बताए ।

उनले घाइते र घरवारविहीन व्यक्तिहरुलाई खाद्यन्न समेत सहयोग गरेको जानकारी दिए ।

एपोनका सदस्य विप्लभ अधिकारीले विपतमा परेका बारा पर्साका जनतालाई थोरै भए पनि राहत उपलव्ध गराउने उद्धेश्यले औषधि उपलव्ध गराएको बताए ।

‘विपतका वेला जसले जे सक्छ त्यही गर्ने हो’, उनले भने, ‘हामी घाइतेलाई अत्यावश्यक पर्ने औषधि उपलब्ध गराउँदैछौँ।’

केही औषधि घटनास्थलमा पुगिसकेको र अन्य कम्पनीबाट औषधि आउने क्रम जारी रहेको पनि अधिकारीले जानकारी दिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *