डा. ओममूर्तिले गरे विपत कोषमा १ लाख रुपैयाँ दिने घोषणा

3.4k
Shares

काठमाडौँ, १८ चैत । हिजो बेलुका बारा जिल्लामा आएको हावाहुरीको प्रकोपमा परेकाहरुको उद्धार तथा राहतमा सहयोग पुरयाउन भन्दै मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले जिल्ला राहतकोषमा १ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा आपतका बेलामा आफ्ना तर्फबाट सहयोग रकमको घोषणा गर्दै सबैलाई सकेको सहयोग गर्न आवहान समेत गरेका छन् ।

बारा तथा पर्सा जिल्लामा हिजो बेलुका आएको विनासकारी हावाहुरीले अहिलेसम्म तीन दर्जन बढीको ज्यान गइसकेको बताइएको छ भने संयौंको संख्यामा घाइते भएका छन् । सात सय भन्दा बढी घरवारविहीन भएको प्रारम्भिक रिपोर्ट आएको प्रदेश नं २ सरकारले जनाएको छ ।

प्रदेश सरकारले प्रकोपपिडीतको उद्धार, उपचार र राहतका लागि सहयोग गर्न सबैसंग अपिल समेत गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *