स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

1.3k
Shares

काठमाडौँ, १२ चैत । नागार्जुन नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु दुई हजार प्रोत्साहन भत्ता दिने भएको छ ।

नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि महिला स्वास्थ्य स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरुको कामको उच्च मूल्याङ्कन गदैँ अझ बढी काम गर्ने हौसला प्रदान होस् भन्ने उद्देश्यले नगरपालिकाका दशवटै वडाका ९७ महिला स्वयंसेविकालाई रु दुई हजार प्रोत्साहन भत्ता दिइएको नगर प्रमुख मोहनबहादुर बस्नेतले बताए ।

उनका अनुसार सरकारले प्रदान गर्दै आएको रु छ हजार र नगरपालिकाका तर्फबाट उनीहरुको योगदानको कदर गर्दै थप दुई हजार प्रोत्साहन भत्ता दिइएको नगर प्रमुख बस्नेतले भने । महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहेका छन् ।

यसै वर्षदेखि नगरपालिकाले सामुदायिक विद्यालयका किशोरीलाई रजस्वला हँुदा पनि नियमित विद्ययालय आउनका लागि प्रोत्साहन गर्न स्यानिटरी प्याड नि।शुल्क उपलब्ध गराउँदै आएको नगर प्रमुख बस्नेतले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *