गोरखा : गाउँपालिकामा सामुदायिक स्वास्थ्य एकाइ


गोरखा, २ चैत । गण्डकी गाउँपालिकाले सबै नागरिकमा स्वास्थ्यको पहुँच पु¥याउन १० सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरेको छ ।

गाउँपालिकाभित्र सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने अवस्थामा रहेका नागरिकलाई लक्षित गरी एकाइको स्थापना गरिएकोे गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिइन् ।

गाउँपालिकाभित्र भौगोलिक रुपमा दुर्गम, विपन्न समुदायको बसोबास रहेका क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच नपुगेकाले त्यस्ता ठाउँ र समुदायलाई लक्षित गरी एकाइ सञ्चालनमा ल्याइएको उनले बताइन् । उनका अनुसार कतिपय क्षेत्रमा भवनको अभाव समेत भएकाले विद्यालयसँग आग्रह गरी एउटामात्र कोठा मागेर भए पनि एकाइ शुरु गरिएको छ ।

गाउँपालिका–१ को कोलगाउँ, २ को कुवापानी र भलडाँडा, वडा नम्बर ३ को फुजेलको भालडाँडा, वडा नम्बर ४ को गैरीचौतारा, वडा नम्बर ५ को ठूलो दुर्वङ र सानो दुर्वङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको उनले जानकारी दिइन् ।

त्यस्तै वडा नम्बर ६ को आइडाँडा र बालकी, वडा नम्बर ७ को प्रजावस्ती, वडा नम्बर ८ को बेनीगाउँमा पनि एकाइको स्थापना भएको उपाध्यक्ष अधिकारीले बताइन् । उनले ती स्वास्थ्य एकाइमा तत्कालका लागि स्वास्थ्य प्राविधिक अहेव, अनमी, स्टाफ नर्स वा स्वास्थ्य सहायकमध्ये एकको दरबन्दी रहने व्यवस्था रहेको बताइन् ।    रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *