आयुर्वेद मर्म चिकित्सासम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला आयोजना हुने ?

काठमाडौँ, २ चैत । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आयुर्वेद चिकित्सा कार्याशाला गोष्ठी हुने भएको छ । गोष्ठी आगामी २२ र २३ चैतमा धुलिखेलस्थित पतंजलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा हुने भएको हो ।

पतंजलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, विश्व आयुर्वेद परिषद र आयुष दर्पण फाउन्डेशनको संयुक्त आयोजनामा हुन लागेको उक्त गोष्ठी आयुर्वेदको मर्म चिकित्सामा केन्द्रीत हुने बताइएको छ ।

गोष्ठीमा नेपाल तथा भारतका आयुर्वेद विज्ञ, चिकित्सक तथा विद्यार्थीहरुको सहभागितामा मर्म सम्वन्धी तालिम तथा अन्य आयुर्वेदका विषयमा सोधपत्र, रिसर्च पेपर प्रस्तुत हुने कार्यक्रमका संयोजक डा.सुमन खनालले बताए ।

के हो मर्म चिकित्सा ?
शरीरमा १०७ वटा महत्वपूर्ण केन्द्रहरु हुन्छन् जसमा चोट पटक लागेमा मृत्यु सम्मको जोखिम रहन्छ त्यस विन्दुलाई मर्म भनिन्छ ।

यस विन्दुलाइ दबाएर चिकित्सा गरिन्छ, जसबाट हाड जोर्नी, नसा रोगको सफल उपचार हुन्छ जुन कुनै चमत्कार भन्दा कम हुँदैन् ।

यस विधामा कम विज्ञ भएतापनि भारतमा यस पद्धतिको अभ्यास हुदै आएको छ तर नेपालमा यसको अभ्यास सुन्य जस्तै छ त्यसैले यस कार्यक्रमको विशेष महत्व रहेको आयोजक समितिका सचिव तथा केन्द्रिय आयुर्वेद चिकित्सालय, नरदेवीमा कार्यरत डा. कोपिला अधिकारी बताउँछिन् ।

चिकित्सक तथा विद्यार्थीलाई यसको तालिमद्धारा दुखाइ व्यवस्थापनमा यसले नयाँ आयाम ल्याउने पनि उनले थपिन । प्राचीन चिकित्सालाई कसरी अहिलेको अवस्थामा ढाल्न सकिन्छ भन्ने बारे विज्ञबीच छलफल पनि उक्त समारोहमा हुनेछ ।

पतंजलि कलेज गुणस्तरीय आयुर्वेद शिक्षाको प्रवर्धनमा सधै तत्पर रहेको र नेपाल भ्रमण वर्ष २०२० को प्रर्वधन समेतको लक्ष्य कार्यक्रम लिने आयोजकले विश्वास गरेको छ । आयोजक समितिका अध्यक्ष प्राडा रामचन्द्र अधिकारी भन्छन्, नेपाललाई विश्व सामु चिनाउने एउटा माध्यम आयुर्वेद पनि बनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *