थाहा नगरपालिकामा आँखा अस्पताल सञ्चालन

हेटौँडा, २८ फागुन । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३ मा सामुदायिक आँखा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । सामुदायिक आँखा केन्द्र, नेपाल आँखा कार्यक्रम र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको समन्वयमा सञ्चालन गरिएको हो ।

केन्द्रको सञ्चालनले मकवानपुर उत्तरी क्षेत्रका स्थानीय आँखाका बिरामीलाई उपचारका लागि सहयोग पुगेको छ । नगरपालिका र तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठान काठमाडौँबीच २०७५ वैशाखमा भएको सम्झौताअनुसार नगरपालिकाले दुई रोपनी १४ आना जमीन उपलब्ध गराएपछि केन्द्रको भवनसमेत निर्माण गरिएको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए ।

नगरपालिकाको रु ४० लाख लागतमा सो केन्द्रका लागि चारकोठे पक्की भवनसमेत निर्माण गरिएको छ । आँखाका रोगीलाई थप सुविधा दिने उद्देश्यले अस्पतालको रूपमा उपचार केन्द्र स्थापना गरिएको नगरप्रमुख विष्टको भनाइ छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *