नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली अस्पतालमा

128
Shares

काठमाडौँ, २२ फागुन । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्या सिंह शाहका अनुसार विहान १० बजे अस्पताल पुगेका उनको ‘होलबडी चेकअप’ गरिदैछ ।

‘त्यस्तो कुनै समस्या भएर होइन । नियमित स्वास्थ्य परीक्षण हो । परीक्षणका सबै रिपोर्ट बेलुकासम्म आईपुग्यो भने बेलुका नभए भोलि डिस्चार्ज हुनुहुन्छ,’ डा शाहले भनिन् ।

उनले यसअघि नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाने गरेपनि पछिल्लो एक बर्ष देखि त्यस तर्फ जान नमिलेपछि त्यहाँको काम यतै गरिएको बताइन । उनले प्रधानमन्त्रीको युरिन, व्लड, एक्सरे, इसिजी लगायतका जाँच भइरहेको बताइन ।

प्रधानमन्त्रीओलीको उपचारमा डा शाह सहित डा अरुण सायमी, डा शान्तकुमार दाश लगयातका चिकित्सकहरु खटिएका छन् ।

प्रधानमन्त्री ओली अस्पतालमा भर्ना भएपछि उनको सचिवालयले आजको उनको सबै कार्यतालिका स्थगित गरेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *