पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन
काठमाडौ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । फोक्सो र मुटु रोगबाट पीडित ८२ बर्षीय अधिकारी तीन साता देखि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत थिए ।
तीन साता देखि उपचाररत अधिकारीको अघि बेलुका ९ः३५ मा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा भाष्करराज पन्तद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
नेताअधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफै बनाऔँजस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । चारपटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हालेका थिए । रासस
सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

