रक्तदानसम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लमजुङ्ग १४ फागुन । रक्त व्यवस्थापन, रक्ततत्वको आवश्यकता र महत्व विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज लमजुङ्गको आयोजनमा भएको उक्त कार्यक्रममा प्रमुख अथिति बनेका समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले विषयबारे प्रकाश पारेका थिए ।  उनले सरकारबाट जारी राष्ट्रिय रक्त सञ्चर नीति २०७१ बारेमा समेत जानकारी गराएका थिए ।

स्थानीय तहमा रक्तदान र रगत तत्वको आवश्यकता र महत्वबारे जनचेतना जगाउने उदेश्यले आयोजित सो कार्यक्रममा स्थानीय स्वयंसेवी, अगुवा तथा विभिन्न पेशामा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।सो अवसरमा अध्यक्ष कर्माचार्यले उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

अन्तरक्रिया कार्यक्रमको सभापतित्व नेपाल स्वयंसेवी रक्तदाता समाजका लमजुङ्ग जिल्ला अध्यक्ष स्वयंसेवी रक्तदाता सुरेशकुमार प्रधानले गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *