पेटरोग विशेषज्ञहरुको एक दिने सम्मेलन राजधानीमा सम्पन्न
काठमाडौँ, १२ फागुन । पेटरोग विशेषज्ञहरुको एक दिने सम्मेलन राजधानीमा सम्पन्न भएको छ । टीयूटीएच ग्यास्ट्रो अपडेट नाम दिइएको उक्त सम्मेलन शनिबार (हिजो) बुढानिलकण्ठस्थित पार्क भिलेज होटलमा भएको थियो । उक्त सम्मेलनमा स्वदेश तथा विदेशका गरी १५० बढी पेट तथा कलेजरोग विशेषज्ञहरुको सहभागिता थियो ।
सम्मेलनमा भाग लिन आएका स्वदेश तथा विदेशका गरी २६ जना पेट तथा कलेजोरोग विशेषज्ञहरुले नयाँ नयाँ उपचार पद्धतीका बारेमा प्रस्तुती दिएका थिए ।
सम्मेलन संयोजक एवं बरिष्ठ पेटरोग विशेषज्ञ प्राडा शशी शर्माले पेट तथा कलेजोरोगका नयाँ नयाँ केश, नयाँ उपचार पद्धती, प्रविधिका लगायतका विषयमा विशेषज्ञहरुबीच प्रस्तुति तथा छलफल चलेको बताए । उनले यस्तो छलफलले नयाँ नयाँ उपचार पद्धतीको बारेमा थप जानकारी हुन सहयोग पुग्ने बताए ।
कार्यक्रममा भारतबाट डा डी नागेश्वर रेड्डी, डा मलाया शर्मा, डा योगेश बट्रा, डा एएस पुरीले प्रस्तुति गरेका थिए । यस्तै नेपाली मुलका अमेरिकी चिकित्सक डा नारायण धरेल, र जापानका चिकित्सक डा वाई यामाओका लगायतले प्रस्तुति दिएका थिए ।
नेपालका तर्फबाट डा निरज जोशी, डा नन्दु सिलवाल, डा विनोद कार्की, डा सुवास भट्टराई, डा विक्रम प्रधान, डा अखिलेश कस्यप, डा रमिला श्रेष्ठ, डा अजित खनाल, डा पवन पराजुली, डा उमीद श्रेष्ठ, डा राम गुरुङ, डा डा मुकेश शर्मा, डा कुशराज देवान लगायतले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सहभागी बरिष्ठ पेटरोग विशेषज्ञ डा भुपेन्द्रकुमार बस्नेतले चिकित्सकहरुको सिकाई अभिवृद्धिका लागि कन्फ्रेन्स फलदायी हुने बताए । उनले भने, ‘पछिल्ला केही बर्षबाट हामीले यस किसिमको सम्मेलन गर्न थालेका छौँ । जसले नयाँ उपचार पद्धती मात्रै नभई चिकित्सकका लागि समेत अपडेट हुन सहज हुने छ ।’
सम्मेलन त्रिवि शिक्षण अस्पताल डिपार्टमेन्ट अफ ग्यास्ट्रोलोजीको आयोजना भएको हो ।
सम्पर्क इमेल : [email protected]