विदेश गएर उपचार गर्ने विपन्नलाई सरकारले सहयोग नगर्ने

348
Shares

काठमाडौँ, ३ फागुन । विदेशमा उपचार गर्न जाने विपन्न नागरिकले सरकारबाट खर्च नपाउने भएका छन् । यसअघि सरकारले विपन्न नागरिक औषधि उपचार कोष मार्फत आठ वटा कडा रोगको उपचारमा विदेशमै गएर गरे पनि केही खर्च उपलव्ध गराउँदै आएको थियो ।

स्वास्थ्य सेवा विभागले विहीबार प्रकाशित गरेको सूचना अनुसार ‘जनस्वास्थ्य सेवा ऐनको दफा ३० मा कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलव्ध गराईने छैन,’ भनि उल्लेख भईसकेको भन्दै खर्च दिन रोकिएको जनाएको हो ।

यसअघि सरकारले मुटु, क्यान्सर, अल्जाइमर, पार्किसन्स, सिक्कल सेल एनिमिया, हेड इन्जुरी, स्पाइनल इन्जुरी लगायतका कडा रोगलाई दिइने गरेको १ लाख रुपैयाँ विदेश उपचारका लागि जाने विरामीका लागि समेत उपलव्ध गराउँदै आएको थियो । त्यस्तै विदेशमा गएर मिर्गौला प्रत्यारोपण गराउँदा दुई लाख रुपैयाँ सुविधा उपलव्ध गराउँदै आएको थियो । तर त्यसका लागि मेडिकल बोर्डको सिफारिस अनिवार्य थियो ।

विभागको सूचनामा विदेशमा गएर उपचार गर्ने विपन्नले कुनै पनि खर्च नपाउने भन्ने बारेको सूचना २ असोज २०७५ मै प्रकाशित भईसकेकोले त्यसयताको खर्च नपाउने भनिएको छ ।

विपन्न नागरिक उपचार कोषबाट बर्षमा अर्वौ रपैयाँ कडा रोगको उपचारमा खर्च गरिने गरिएको छ । नेपालबाट विशेषगरी भारतमा क्यान्सर लगायतका कतिपय कडा रोगको उपचारमा विपन्न नागरिक समेत जाने गरेको पाइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “विदेश गएर उपचार गर्ने विपन्नलाई सरकारले सहयोग नगर्ने

Leave a Reply to Dharmpal Prasad Raman Cancel reply

Your email address will not be published. Required fields are marked *