अतिरिक्त स्वास्थ्य सचिव काे हाेला ? बढुवा समितिकाे बैठक बस्दै

996
Shares

काठमाडौं, २५ बैशाख । स्वास्थ्य सेवाको रिक्त अतिरिक्त स्वास्थ्य सचिव (१२ तह) पदका लागि बढुवा सिफारिस समितिको बैठक आज बस्दै छ । आज अपरान ५ बजे सिंहदरबार स्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बस्ने छ ।

अतिरिक्त स्वास्थ्य सचिवका लागि  १३ जनाले दरखास्त दिएका थिए । स्वास्थ्य सेवा नियमावलीअनुसार एक पदका लागि ५० प्रतिशत थप गरी दुई जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिने व्यवस्था छ ।

मन्त्रिपरिषद्ले सिफारिस भएका दुई जनामध्ये एक जनालाई प्रमुख विशेषज्ञ पदमा बढुवा गर्नेछ ।

मन्त्रालय स्रोतका अनुसार लुम्बिनीकि सचिब  दुर्गा लक्ष्मी श्रेष्ठ र डडेल्धुरामा प्रमेसु डा. सुधा देवकोटा प्रतिस्पर्धामा रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *